घुस मागेको आरोप लगाउँदै मालपोतका कर्मचारीमाथि कुटपिट
कार्यशैली गतिलो नभएको भन्दै कपिलवस्तु मालपोतका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी नीरज कँडेलमाथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रूपमा रहेका मिश्राले कंडेललाई कुटपिट गरेका हुन् ।
कर्मचारी कँडेलको कार्य सम्पादन राम्रो नभएकोभन्दै कुटपिट भएको सेवाग्राहीले बताएका छन् । कुटपिटका कारण कँडेलको निधारको देब्रे भागमा चोट लागेको छ ।
कँडेलले एउटा फाँटबाट अर्को फाँटमा फाइल पुर्याउँदा कँडेलले खुल्लम खुल्ला घुस माग्ने गरेको आरोप छ । यद्यपि आक्रमण गर्नेलाई कारवाहीको प्रक्रिया अघि बढाइने कार्यालयका प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारीले बताए ।