सरकार बिरुद्ध एमाले जनवर्गीय संगठनहरु सडक आन्दोलन गर्ने
नेपाल बोली
९ असार २०७९, बिहीबार
प्रमुख विपक्षी दल नेकपा एमालेले मूल्यवृद्धि, किसानलाई मल र विद्यार्थीलाई पुस्तक अभावजस्ता विषय उठाएर जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी थिए ।
बैठकले आपसी सहकार्यमा मुद्दाअनुसार एकल वा संयुक्त आन्दोलन गर्नसक्ने निर्णय गरेको छ ।
अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले भनिन्, ‘अरु संगठनले पनि कार्यक्रम ल्याउनेछन् । मिल्ने ठाउँमा संयुक्त कार्यक्रम गर्ने, नमिल्ने ठाउँमा छुट्टै कार्यक्रम हुन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै