रुसी सेनामा गएका थप ३ नेपालीको मृत्यु, मृतकको संख्या १० पुग्यो

रुसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाइँका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
योसँगै रुस युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन्।
रुसी सेनामा सयजना नेपाली घाइते र हराइरहेका उजुरी आएको केहि समय अघि परराष्ट्रमल्त्रालयले बताएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको पनि मन्त्रालयले जनाएको थियो ।
रुसी सेनामा नेपालीलाई पठाउने गिरोह् नै सकि पछिल्लो समयमा थियो । प्रहरीले डेढ दर्जन जती त्यस्ता एजेन्टहरुलाई समेत पक्राउ गरेका छन ।