युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ – Nepalboli

युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

   २०८० पुष १६, सोमबार  

वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने बहानामा झण्डै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ बस्ने मार्स म्यानपावरका सञ्चालक ४१ वर्षीय जयराम पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

पौडेलले पदम कुमारी श्रेष्ठ समेत २ जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु, त्यसको लागि २० लाख रुपैयाँ लाग्छ, यूरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ भन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारी १९ लाख ६० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जयरामको खोजतलास गर्ने क्रममा पुस १२ गते कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै