बालुकुमारी घटनामा मारिएका शाहको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई लाख सहयोग – Nepalboli

बालुकुमारी घटनामा मारिएका शाहको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई लाख सहयोग

   २०८० पुष १५, आईतवार  

शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रदेश सरकारले २३ वर्षीय शाहको परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो। शुक्रबार रोजगारी अनुमति प्रणाली अन्तर्गत सिपविल्डिङमा फेल भएकालाई अन्य क्षेत्रमा जान दिनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर शाहको मृत्यु भएको थियो।

शाहको निधनप्रति दुख व्यक्त गर्दै परिवारलाई राहत स्वरुप दुई लाख दिने निर्णय गरेको कुरा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै