१९ विमानस्थलमा ब्यागेज चेक गर्ने एक्सरे मेसिन जडान गर्ने तयारी – Nepalboli

१९ विमानस्थलमा ब्यागेज चेक गर्ने एक्सरे मेसिन जडान गर्ने तयारी

   २०८० पुष १५, आईतवार  

नेपाल नागरिक उड्डयन प्राधिकरणले एकसाथ १९ वटा आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्सरे मेसिन जडान गर्ने भएको छ । मेसिन जडान गर्न आवश्यक सामग्रीहरू खरिद गर्ने काम भइसकेको र आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार लुक्ला, रामेछापसहितका विमानस्थलमा यस्तो मेसिन जडान गर्न लागिएको छ । यसले हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने उनको भनाइ छ ।

भरतपुर, सिमरा, राजविराज तथा तुम्लिङटार विमानस्थलमा नयाँ फायर फाइटिङ भेहिकल खरिद गर्ने काम सुरु भएको समेत उनले जानकारी दिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै