स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा मोबाइल देखि सामाजिक सञ्जाल सम्ममा रोक – Nepalboli

स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा मोबाइल देखि सामाजिक सञ्जाल सम्ममा रोक

   २०८० पुष १५, आईतवार  

स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको हो । बोर्डको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसंहिता लागु गरेको हो । दाबी व्यवस्थापन र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालयभित्र रहँदा व्यक्तिगत मोबाइल समेत प्रयोग गर्न नपाइने व्यवस्था बोर्डले गरेको छ ।

सम्बन्धित विषयको अधिकारीको अनुमतिपछि मात्रै बिमा कार्यक्रम र बिमा बोर्डका बारेमा सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै