भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ उद्घाटन, रेल विहिवार जनकपुर आउदै – Nepalboli

भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ उद्घाटन, रेल विहिवार जनकपुर आउदै

   ७ असार २०७९, मंगलवार  

१८ दिन, १७ रात लामो यात्रा गर्ने गरि भारतले पहिलो अन्तर्राष्ट्रिय सीमा पार रेल सेवा संचालनमा ल्याएको छ । मंगलवार साझ भारतको दिल्ली स्थित रेल्वे स्टेशनमा भारतका रेल मन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा उद्धघाटन गरेको यो रेल सेवा भारत वाट नेपालको जनकपुर आउदै छ । आउदो विहिवार जनकपुर आइपग्ने भारतको पहिलो अन्तर्राष्ट्रिय सीमा पार रेल सेवा भारत र नेपालको रामायण सर्किटको सबै ठाउमा पुुग्ने कार्यतालिका छ ।

भारतको पहिलो अन्तर्राष्ट्रिय सीमा पार रेल सेवालाई भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ भनिएको छ । यो रेलमा झण्डै ५०० पर्यटक चढेको भारत सरकारले जनाएको छ ।

पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने पहिलो रेल सेवा हुनेछ ।

रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई पनि पहिलो पटक जोड्दैछ ।

रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न गरि सजाइएको छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भुत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएका छन् ।

यस रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धि तस्वीर तथा सामाग्रीले सजाइएको छ । जुन हालका वर्षहरुमा विश्वभर प्रचलित छ ।

रेलमा १४ वटा डिब्बा छन् जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामाग्री देख्न सकिन्छ ।

रेलबारे थप जानकारी र टिकट बुकिङका लागि https://www.irctctourism.comमा गई हेर्न सकिन्छ । यस रेलको सञ्चालनले भारत र नेपालको पर्यटनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै