मन्त्री ज्वालाको गाडीमा आगजनी, नियन्त्रणमा लिन गोली प्रहार – Nepalboli

मन्त्री ज्वालाको गाडीमा आगजनी, नियन्त्रणमा लिन गोली प्रहार

   २०८० पुष १३, शुक्रबार  

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।

उनी सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक जना घाइने भएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिएका छन ।

यसैगरी, केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले आज (शुक्रबार) रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको जानकारी दिए । “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ” उनले भने ।

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै