कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) पनि बसीरहेको छ । केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा, शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको हो । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबारदेखि सुरु भएको हो। बिहीबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेका थिए।
बिहीबारको बैठकमा महामन्त्री गगन थापाले ‘समुदायमा कांग्रेस अभियान’को कार्ययोजनाका सम्बन्धमा र सहमहामन्त्री जीवन परियारले ‘जाजरकोट भूकम्पका सम्बन्ध’मा जानकारी गराएका थिए।
बिहीबारको बैठकमा दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखेका थिए।
शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन्।