प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ६८ वटा दरबन्दी कटौती – Nepalboli

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ६८ वटा दरबन्दी कटौती

   १२ पुष २०८०, बिहीबार  

मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रीपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचनासहितको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृति गर्ने निर्णय भएको जानकारी दिईन। यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने जानकारी उहाँले दिनुभयो ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६५०.१४ रूपियाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

यसैगरी, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै