इजरायलको आक्रमणबाट २१ हजार वढी प्यालेस्टिनीको मृत्यु, गाजाद्धारा नयाँ वर्ष नमनाउने घोषणा – Nepalboli

इजरायलको आक्रमणबाट २१ हजार वढी प्यालेस्टिनीको मृत्यु, गाजाद्धारा नयाँ वर्ष नमनाउने घोषणा

   २०८० पुष १२, बिहीबार  

गाजापट्टीमा इजरायलको आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार सम्मेलनमा गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ हजार ११० जनाको मृत्यु र ५५ हजार २४३ घाइते भएको जानकारी दिनुभयो ।

उहाँले पछिल्लो २४ घण्टामा इजरायली हमलाका कारण १९५ जनाको ज्यान गएको र ३२५ जना घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताउनु भयो । यसैबीच प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले बुधबार गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सवहरू रद्द गर्ने घोषणा गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै