नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई बिगोसहित ६ वर्ष जेल सजाय
नेपाल बोली
२०८० पुष ११, बुधबार
नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई सजाय तोकिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले प्रशासनलाई जानकारी दिए ।
साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय हुने प्रवक्ता कार्कीले बताए।
आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय तोकेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै