पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन – Nepalboli

पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

   २०८० पुष ९, सोमबार  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो ।

सनातन धर्मावलम्बी नेपालीको अगुवाइमा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले संसद् भवन घेराउ गर्दै मन्त्री किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले गौशालाबाट बानेश्वरसम्म शंख बजाउँदै विरोध र्याली गरेका थिए । मन्त्री किराँतीले गत बुधबार एक कार्यक्रममा ‘क्रिश्चियनलाई मान्दिनँ भन्नु चाहिँ संविधान मान्दिनँ भन्नु हो। संविधान नमान्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्दिने हो ।’ भनेपछि उनको राजीनामाको माग गर्दै विरोध भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै