महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी – Nepalboli

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी

   २०८० पुष ८, आईतवार  

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो चढ्ने सरकारी गाडीमा आगजनी भएको छ। आइतवार राति रामनगरस्थित आफ्नै घरमा पार्किङ गरी राखेको प्र २–००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा अज्ञात समूहले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरिक्षक मनोज यादवका अनुसार आगजानीबाट गाडीको टायर लगायतका केही भागमा आंशिक क्षति भएको छ।

‘गाडीमा कसले र किन आगो लगाएको खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाएको देखिएको छ। घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक यादवले भने ।

घटनाबारे थप थप अनुसन्धान भइरहेको उनले बताए ।

उपमेयर महतोले पालिकामा भ्रष्टाचारको विरोध गरेको कतिपय जनप्रतिनिधिलाई मन नपरेर उनीहरुकै योजनामा गाडीमा आगजनी गरिएको आरोप लगाएकी छन्।

‘भ्रष्टाचार गर्ने र गराउनेको विरुद्धमा हुने हरेक आन्दोलनमा सक्रिय हुन्छु । यो निच काम कसैले गरेको मलाई धम्क्याउन खोजेको भान भैसकेको छ । तर यस्तो हर्कतले डराउँदिने। थप सशक्त भएर लाग्छु,’ उनले भनिन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै