धनुषामा हिरासतमै एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित, प्रहरीले चलायो गोली – Nepalboli

धनुषामा हिरासतमै एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित, प्रहरीले चलायो गोली

   २०८० पुष ६, शुक्रबार  

धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमाध रहेका एक थुनुवाको मृत्यु भएको छ। स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ‌।

प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको हो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै