इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो १० लाख राहत
इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले जनही १० लाखका दरले रूपैयाँ राहत दिएको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायल घटनामा परी निधन भएका नेपाली नागरिकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ । यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ।