राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिद्धारा आठवटा विधेयक पेस
नेपाल बोली
५ असार २०७९, आईतवार
विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेस गरेको छ।
विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ का प्रतिवेदनहरु आइतबार राष्ट्रियसभा बैठकमा पेस गरेको हो।
विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरु राष्ट्रिय सभा बैठकमा पेस गरिएको बताए।
राष्ट्रियसभाको अर्को बैठक असार ६ गते (भोली) अपरान्ह १ बजेका लागि बोलाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै