अध्यागमन विभागद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण – Nepalboli

अध्यागमन विभागद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

   २०८० पुष ४, बुधबार  

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ । बुधबार विभागको टिमले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरुले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो। अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु राखेर सेवा दिँदै आएको जानकारी दिए।

उनले विदेशी नागरिकका लागि ४ वटा काउण्टर र १० वटा काउण्टर नेपाली नागरिकका लागि राखेर सेवा प्रदान गर्दै आएको बताए। अहिले करिब एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको उनको भनाइ छ।

उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा छौं। यहाँ सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु रहेका छन्। यसमा नियमित रुपमा रुपमा सेवा प्रवाह हुन्छ। तीन वटा सिफ्टमा काम हुन्छ। यहाँ विदेशी नागरिकका लागि ४ वटा काउण्टरहरु छन्। त्यस्तै १० वटा काउण्टर नेपाली नागरिकका लागि छन्। सोहीअनुरुप सेवा लिनुहुन्छ। अहिले करिब एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको देखिन्छ।’

उनले अहिले एउटा कर्मचारीले तीनदेखि ४ सयको हाराहारीमा यात्रुहरुलाई पठाउने काम गरेको बताए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै