एसपीपी फिर्ता लिनेबारे गठबन्धनमा छलफल भएको छैन -माधव नेपाल – Nepalboli

एसपीपी फिर्ता लिनेबारे गठबन्धनमा छलफल भएको छैन -माधव नेपाल

   ५ असार २०७९, आईतवार  

आइतवार बिहानै सतागठबन्धनका शिर्ष नेताहरु सहित प्रधानमन्त्री विच भएको छलफलमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा एसपीपी वारेमा अहिले सम्म कुनै छलफल नै नभएको दावी गरेका छन । यद्यपी नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको पनि बताएका छन् ।

आइतबार विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन’ उनले भने, ‘यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’

अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै