चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्ने – Nepalboli

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्ने

   १ पुष २०८०, आईतवार  

नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को अनलाईन आवेदन पुस २ गतेदेखि खुला हुने जानकारी दिएका छ ।

२०८० पुस २ देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्क सहित अनलाइनमार्फत फाराम बुझाउन सकिने काउन्सिलले बताएको छ ।

अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने र परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ । परीक्षा समितिले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै