लोसपाको केन्द्रीय समिति बैठक बस्दै, राजेन्द्र महतोले बहिष्कार गर्ने – Nepalboli

लोसपाको केन्द्रीय समिति बैठक बस्दै, राजेन्द्र महतोले बहिष्कार गर्ने

   २०८० मंसिर २४, आईतवार  

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक आइतबार बिहान बस्दै छ। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्न लागेको बैठक बिहान १२ बजेबाट सुरू हुने लोसपाले जानकारी दिएका छन । बैठकमा राष्ट्रिय सभाको निर्वाचन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने लोसपाले बताएका छन । बैठक बिहान ११ बजे नै बोलाइएको हो। तर सदस्यहरू नआइपुगेकाले केहि समय धकेलिएको छ ।

आजको बैठक वरिष्ठ नेता राजेन्द्र महतोले भने बहिष्कार गर्ने भएका छन्।

यसअघिको केन्द्रीय समिति बैठकले गरेको सदस्यहरूको मनोनीतको विषयलाई लिएर उनले आपत्ति जनाइरहेका छन्। महन्थ ठाकुर पक्षले तराई–मधेसमा क्रियाशीलहरूलाई नेताहरूलाई छुटाएर आफूखुसी केन्द्रीय समिति विस्तार गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

अध्यक्ष महन्थ ठाकुरलाई आफूले निर्णय सच्याउन भनेको र नसच्याइसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने महतोले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै