धनुषामा ३५ वर्षीय युवक मृत फेला
धनुषामा एक व्यक्ति मृत फेला परेका छन् । प्रहरीका अनुसार सबैला नगरपालिका– ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।
दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका –३ स्थित नालामा शौच गर्न गएका उनी त्यहीँ मृत फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइले बताए ।प्रहरी निरीक्षक चौलागाइका अनुसार रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।