परराष्ट्र मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारी लम्साललाई
परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साललाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ । सचिव भरतराज पौड्याल नियमित अवकाश लिएसँगै लम्सालाई उक्त जिम्मेवारी दिईएको छ । पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भइसकेका छन् । सम्बन्धित मुलुकबाट उनको एग्रिमो आएपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्नेछन् ।
कायममुकायम सचिवको जिम्मेवारी पाएकी सहसचिव लम्साल अब सचिवको जिम्मेवारीमा जाने सम्भावना छ । त्यसका लागि लोक सेवा आयोगले केही दिनभित्रमा सचिव नियुक्ति प्रक्रिया पूरा गर्ने र त्यसपछि मन्त्रिपरिषद्ले नियुक्त गर्ने छ ।