टिकटक प्रतिबन्ध विरुद्धका रिट ‘हेर्न नभ्याइने’मा, सुनुवाइ स्थगित – Nepalboli

टिकटक प्रतिबन्ध विरुद्धका रिट ‘हेर्न नभ्याइने’मा, सुनुवाइ स्थगित

   १९ मंसिर २०८०, मंगलवार  

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि मंगलबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी परेको भए पनि हेर्न नभ्याउने हुँदै सुनुवाइ स्थगित भएको हो।

मंगलबार सुरु हुने भनिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ भएपछि स्थगित भएको र अब सुनुवाइका लागि अर्को पेसी तोकिने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

सरकारको उक्त निर्णयविरुद्ध शुक्रबार, मंसिर १ गते १० थान रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए। टिकटक प्रतिबन्धनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटको संख्या हाल १४ थान पुगेको छ।

रिट निवेदनहरुमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ।

त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि बदरको माग गरिएको छ। धेरै नागरिकले टिकटकमार्फत् सूचना पाइरहेको समयमा टिकटक प्रतिबन्धले सूचनाको हक हनन गरेको रिटमा दाबी गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै