ढुंगा–गिट्टी बेच्ने निर्णयको विपक्षी गठवन्धन सम्बद्ध दलहरु द्धारा विरोध – Nepalboli

ढुंगा–गिट्टी बेच्ने निर्णयको विपक्षी गठवन्धन सम्बद्ध दलहरु द्धारा विरोध

   १९ जेष्ठ २०७८, बुधबार  

सरकारले हालै ल्याएको वजेटमा ढुंगा–गिट्टी बेच्ने सम्बद्धमा गरेको निर्णयहरु विपक्षी दलहरु नेपाली काग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव पक्षको जसपाले विरोध गरेको छ ।

मगलवार काग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती निकालेर सरकारले गरेको निर्णयको विरोध गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ । चुुरे विनास हुने गरि सरकारले गरेको नयां निर्णय आफुहरुलाई मान्य नहुुने पनि देउवाले चेतावनी दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हालै सरकारले बजेटमार्फत सार्वजनिक गरेको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने बिषय तत्काल खारेज गर्न माग गरेका छन् ।

बुधबार आफ्ना भनाई सार्वजनिक गर्दै प्रचण्डले असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउन खोजेको उल्लेख गरेका छन् । साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन।

यसैगरि जसपा अध्यक्ष उपेन्द्र यादवले पनि विज्ञप्ती जारी गरेर सरकारको उक्त निर्णयको विरोध गरेको छ । यादवले सरकार आफनो निर्णय नसच्याए आफुहरु त्यस विरुद्ध विरोध प्रर्दशनमा उत्रने पनि चेतावनी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै