काँग्रेसमा इतर पक्षले गरे छुटै छलफल
नेपाल बोली
१९ जेष्ठ २०७८, बुधबार
नेपाली काँग्रेसको सभापति इतर पक्षका केन्द्रीय सदस्यको बैठक मंगलवार भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला लगायतले बैठक आयोजना गरेका थिए ।
वरिष्ठ नेता पौडेल, नेता सिटौला पक्षीय केन्द्रीय सदस्यहरु बैठकमा सहभागी भएको थियो ।
बैठकमा २५ जना भन्दाबढी नेताको सहभागिता रहेको थियो । कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७-१० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि संस्थापन इतर पक्षसँग छलफलमा पौडेल जुटेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै