एमाले स्थायी कमिटी बैठक स्थगीत – Nepalboli

एमाले स्थायी कमिटी बैठक स्थगीत

   १९ जेष्ठ २०७८, बुधबार  

नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठक स्थगित भएको हो ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले बैठकबारे थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको जानकारी दिएको छ ।

हिजो सोमवार मात्रै एमालेको स्थाई कमिटी बैठकले पार्टीको आन्तरिक एकता बचाउन गृहकार्य गर्ने निष्का निकालेका थिए । आइतवार राती एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुको विचमा लामो अनौपचारिक छलफल भएको थियो । उक्त बैठक पश्चात एमाले भित्र पुन विभाजन तिर जान लागेको दुुई समुह एकताबद्ध हुन सक्ने आकंलन गर्न थालिएका छ ।

मंगलवार पनि एमालेका महाचिव तथा उपप्रधानमन्त्री इश्वर पोखरेल र नेता योगेश भटराईको विचमा सिंहदरवारमा छलफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै