एमालेको मध्य-पहाडी राजमार्ग केन्द्रित अभियानको तयारी पुरा
झुलाघाटको उद्धघाटन कार्यक्रमका लागी ओली धनगढी पुुगे ।
नेकपा एमालेले बिहीबारदेखि पश्चिम देखि पुर्व सम्मको मध्य पहाडी राजमार्ग केन्द्रित विशेष अभियानको तयारी पुुरा भएको जनाएको छ । झुलाघाट चिवाभन्ज्याङ विशेष अभियान नाम दिईएको एमाले राजमागए केन्द्रित अभियानलाई राजनिती वृतमा चासो पुर्वक हेरिएको छ । प्रदेश र संघमा प्रतिपक्षमा पुुगेको वेला एमालेले पुर्व देखि पश्चिम सम्मको पार्टी केन्द्रित अभियान सुुरु गर्न लोको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो ।
एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए । विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली अभियानको उद्घाटनका लागि मंगलबार नै धनगढी आई पुुगेको पनि बताए ।
उनका अनुसार अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू धनगढी आइपुुगेका छन् भने उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू बुधबार आउने छन् ।
पार्टीका केन्द्रीय पदाधिकारीसहितका नेताहरु बुधबार धनगढीबाट बैतडीतर्फ प्रस्थान गर्ने एमालेले जनाएको छ । बिहीबार ओलीले झन्डा अनावरण गरेर पदयात्राको उद्टन गर्ने कार्यक्रम छ ।
झुलाघाटमा उद्घाटन गरेपछि बिहीबार नै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिने जनसभालाई ओलीले सम्बोधन गर्ने छन् भने बिहीबार खोड्पेमा समेत सन्देश सभा आयोजना गरिएको छ । बैतडीपछि शुक्रबार डडेल्धुरामा सन्देश सभा र डोटीको दिपायलमा जनसभा गर्ने बताइएको छ ।
यस्तै मंसिर १६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।
१९ दिनमा सङ्कल्प यात्रा अन्त्य गरिनेछ । पुष ५ गते काठमाडौँमा संकल्प यात्राको सन्देश प्रवाह गर्ने बताइएको छ । विशेष अभियानका क्रममा केन्द्रीय नेतासहितको टोलीले सुदूरपश्चिम प्रदेशको तीन सय ५८ किलोमिटर यात्रा गर्नेछन् ।
अभियानका क्रममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने एमाले सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । जैशीले अभियानका क्रममा सम्बन्धीत जिल्लालाई नै आफ्नो जिल्लामा व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको बताए ।