यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा – Nepalboli

यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

   २०८० मंसिर १२, मंगलवार  

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू १९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको हो।

एसिया कप खेल्ने यू-१९ टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रांगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।

यूएईमा डिसेम्बर ८ देखि हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत, पाकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै