देउवा भन्छन्– गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, हामी अत्तालिएका छैनौ
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। सोमबार चितवन पुगेका देउवाले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताए।
सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन।’ गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? भन्ने प्रश्नको जवाफमा देउवाले को अत्तलियो ? भन्दै प्रतिप्रश्न गरे। देउवाको जवाफ थियो, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौँ।’