संसदीय सुनुवाइ समितिद्धारा क्यानडाको राजदूतमा सिफारिस पौड्यालको नाम अनुमोदन – Nepalboli

संसदीय सुनुवाइ समितिद्धारा क्यानडाको राजदूतमा सिफारिस पौड्यालको नाम अनुमोदन

   २०८० मंसिर १०, आईतवार  

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौड्यालसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् ।

कात्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो । सुनुवाइ समितिले १५ कात्तिकमा पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो ।

समितिमा पौड्यालविरुद्ध दुईवटा उजुरी परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै