नर्सिङको लाइसेन्स परीक्षामा ८१ प्रतिशत परीक्षार्थी फेल – Nepalboli

नर्सिङको लाइसेन्स परीक्षामा ८१ प्रतिशत परीक्षार्थी फेल

   २०८० मंसिर १०, आईतवार  

स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल (अनुत्तिर्ण) भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका २ वटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन्।

परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएकामध्ये २४६ जना (१९.३४ प्रतिशत) मात्रै पास भएका छन्। बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन्। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै