स्थगित गरिएको द्रुत बस सेवा पुन सञ्चालनमा – Nepalboli

स्थगित गरिएको द्रुत बस सेवा पुन सञ्चालनमा

   १० मंसिर २०८०, आईतवार  

सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस सेवा पुन सञ्चालनमा आएको छ । एक महिनामात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सञ्चालनमा आएको हो । द्रुत बस सेवा सञ्चालनमा ल्याउँदा २५ वटा बसहरु चलाईएको थियो । अहिले थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । थप ११ वटा समेत गरी अब रत्नपार्क–सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने भएका छन् ।

यसअघि रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५ ः ५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे, भने अब ती बसहरु आजबाट बिहान साढे ८ बजेदेखि तीन तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।

द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको मन्त्रालयको भनाइ छ ।

यात्रुहरुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो । तर यो सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै