जसपामा एक-अर्कालाई कारवाही गर्ने घोषणा – Nepalboli

जसपामा एक-अर्कालाई कारवाही गर्ने घोषणा

   १८ जेष्ठ २०७८, मंगलवार  

जनता समाजादी पार्टी, नेपालमा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई मंगलवार कारवाही गरेको छ । ठाकुरले निर्वाचन आयोगलाई पत्र लेखेर यादवलाई कारवाही गरेको जनाएको छ भने यादवले पनि आयोगलाई पत्र लेखेर ठाकुर सहित चार नेतालाई कारवाही गरेको जनाएको छ ।

पछिल्लो समयमा जसपा भित्र दुुई धार देखिदै आएको थियो ।

मंगलवार ठाकुरले यादवल माथी आफुहरु एजेन्डा सम्बोधन गराउन लाग्दा यादवले पार्टी निर्णय विपरित त्यसको विर४मा उभिएको आरोप लगाएका छन । यादवले भने प्रधानमन्त्री केपी ओलीसंग पार्टी निर्णय विपरित ठाकुर पक्ष सहकार्य गरेर अघि वढेको आरोप लगाएका छन ।

एक अर्कालाई कारवाही गरेको पत्र दुवै पक्षले निर्वाचन आयोगमा पठाए पछि जसपाको विवाद अव आयोगमा पुुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै