भारतद्धारा भूकम्प पिडितहरुका लागी चौथो चरणको राहत सामग्री हस्तान्तरण
जाजरकोट भुकम्प पिडितहरुका लागी भारत सरकारले चौथो चरणको भूकम्प राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । चिकित्सा सामग्री सहितको राहत साम्रगी मंसीर ४ गते नेपाल आइपुग्यो र यी राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरियोले नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।
नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको भारतीय पक्षले जनाएको छ । राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने समेत जनाएको छ ।
