चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा एमालेको रात्रीभोज, उपप्रधानमन्त्रीसंग पनि भेटबार्ता – Nepalboli

चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा एमालेको रात्रीभोज, उपप्रधानमन्त्रीसंग पनि भेटबार्ता

   २०८० कार्तिक २६, आईतवार  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको ११ सदस्यीय प्रतिनिधि मण्डलको सम्मानमा रात्री भोज आयोजना गरेको छ ।

गौशालास्थित द्वारिका होटलमा एमालेले शनिवार रात्रीभोज आयोजना गरेका थिए । रात्री भोजमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपमहाचिव विष्णु रिमाल तथा अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरु सहभागी भएका थिए ।

उपप्रधानमन्त्रीसंग पनि भेटबार्ता
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको प्रतिनिधि मण्डलबीच शनिवार गृह मन्त्रालयमा भेटवार्ता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै