भूकम्प प्रभावित क्षेत्रबाट फर्किएका कांग्रेस महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे ध्यानाकर्षण – Nepalboli

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएका कांग्रेस महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे ध्यानाकर्षण

   २५ कार्तिक २०८०, शनिबार  

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। भूकम्प प्रभावित जिल्लाबाट फर्किएपछि महामन्त्रीद्वयले शनिबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उनीहरूले राहत वितरणलाई व्यवस्थित बनाउने, मंसिर मसान्तसम्म सबैका लागि अस्थायी आवास निर्माण गरिसक्नुपर्ने, आजभोलि नै प्रत्येक प्रभावित परिवारलाई न्युनतम ४० हजारका दरले रकम उपलब्ध गराउनुपर्ने लगायतका सुझाव दिएका छन्।

‘क्रमशः चिसो बढ्दै गएको छ। सुत्केरी, बालबालिका, वृद्धवृद्दा र अपांगता भएका नागरिकलाई चिसोले थप कष्टकर अवस्थामा पुर्‍याउने देखिन्छ। अत मंसिर मसान्तसम्ममा सबैका लागि अस्थायी आवास निर्माण गरिसक्न युद्धस्तरमा काम अघि बढाउन जरुरी रहेकोे गम्भीरतापुर्वक ध्यानाकर्षण गराउँदछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

त्यस्तै, गर्भवती महिला, जेष्ठ नागरिक, बालबालिका, नियमित औषधि खानुपर्ने बिरामी तथा जोखिममा रहेका नागरिकलाई त्यसले सहज बनाउन सक्ने उल्लेख गर्दै प्रभावित बस्तीमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने पनि सुझाव उनीहरूले दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै