सरकारद्वारा एडीबीको १३ अर्ब २६ करोड ऋण स्वीकार

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसीयाली विकास बैंकले दिएको १३ अर्ब २६ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सो निर्णय शुक्रबार सूचना तथा संचारमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन्।
यस्तै, सोही बैठकले सुदुरपश्चिम प्रदेशको प्रदेश सचिवमा डा हरिप्रसाद लम्साललाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ। यसअघिका सचिव नारयणप्रसाद शर्मालाई उद्योग मन्त्रालयमा सरुवा गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का अरु निर्णयहरुः