भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री नेपाललाई हस्तानान्तरण – Nepalboli

भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री नेपाललाई हस्तानान्तरण

   २०८० कार्तिक २३, बिहीबार  

भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी भारत सरकारले नेपाललाई उपलब्ध गराएको छ । जाजरकोट, रुकुम सहितका जिल्लामा भुकम्पवाट प्रभावित परिवारका लागी भारत सरकारले यस अघि दुुई चरणको राहत साम्रगी उपलब्ध गराईसकेको छ ।

भुकम्प गए लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग गर्ने प्रतिबद्घता समाजिक सन्जालमा व्यक्त गरेका थिए । उक्त प्रतिबद्धता अनुसार भारतवाट तेस्रो चरणको राहत सम्रगी लिएर भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान बिहिवार १२ टनभन्दा बढी राहत साम्रगी लिएर नेपाल आइपुगेको छ । यी राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्रीहरु छन ।

पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए ।

नेपाल सरकारले उपलब्ध गराएको निर्देशिका र प्राथमिकताको आधारमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग जारी राख्ने नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै