एमालेले मंसिर १४ गतेदेखि विशेष अभियान चलाउने – Nepalboli

एमालेले मंसिर १४ गतेदेखि विशेष अभियान चलाउने

   २०८० कार्तिक २२, बुधबार  

नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले मध्यपहाडी पुष्पलाल लोकमार्गकेन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

यो अभियान तीन साता चल्नेछ। एमालेले यो अभियानलाई समृद्धिका लागि महाअभियान भनेको छ। एमालेले पहाडलाई प्राथमिकतामा राखेर पहिलेदेखि नै विकासका काम गर्दै आएको पनि दाबी गरेको छ।

अभियानको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्।

अभियान तयारीका लागि मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ। केन्द्रीय समिति बैठक काठमाडौंमा बस्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै