एमाले सचिवालय बैठक आज बस्दै – Nepalboli

एमाले सचिवालय बैठक आज बस्दै

   २०८० कार्तिक २२, बुधबार  

नेकपा एमालेको सचिवालय बैठक आज (बुधबार) बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजेदेखि बैठक सुरु हुने एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने गौतमले बताए। एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै