चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल भ्रमणमा आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ ।
बिहीबार बिहान ८ बजे उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । सोही दिन बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्दै छन् ।
तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन् ।