सर्वदलीय बैठकमा व्यवस्थामाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निष्कर्ष – Nepalboli

सर्वदलीय बैठकमा व्यवस्थामाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निष्कर्ष

   २०८० कार्तिक २१, मंगलवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बाह्रबुँदे पक्षधर दलहरुलाई बोलाएको बैठकमा मैजुदा व्यवस्थामाथि हुन थालेको विभिन्न प्रहारलाई मिलेर प्रतिवाद गर्ने सहमति भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित बैठकमा दलका नेताहरु सो निष्कर्षमा पुगेको माओवादी केन्द्रकी नेता पम्फा भुसालले जानकारी दिएकी छन्।

‘तीन दलका शीर्ष नेताहरुले आफू संघीय लोकतन्त्रिक गणतन्त्रको पक्षधर भएको। खासगरी गणतन्त्र र लोकतन्त्रको पक्षमा प्रतिबद्ध भएको। यदाकदा, छिटफुट, पानीको फोकाजस्तो विभिन्न कोणबाट देखा पर्न खोजेको प्रहारलाई मिलेर प्रतिवाद गर्ने भन्ने सर्वसम्मत् निष्कर्ष छ,’ उनले भनिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै