कोशी कांग्रेस संसदीय दलको नेता त्यागेका थापाको राजीनामा अस्वीकृत
कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकृत भएको छ। यसअघि असोज २८ गते थापाले दलको नेता त्याग गरेको घोषणा गरेका थिए।
सोमबार बसेको संसदीय दलको बैठकले थापाको राजीनामा फिर्ता गराउँदै पुरानै जिम्मेवारीमा फर्किन आग्रह गरेको थियो। संघीय गठबन्धनको निर्णय विपरीत गएर आफ्नै सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेपछि थापाले दलको नेताबाट राजीनामा बुझाएका थिए।