टी २० विश्वकप छनोटको उपाधि भिडन्तमा ओमानसँग नेपाल पराजित
आइसिसी टी २० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो। पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो।
सुपर ओभरमा नेपाल ओमान संग पराजित भएका हुन ।