कोशी सरकारबाट १९ दिनमै बाहिरियो एमाले – Nepalboli

कोशी सरकारबाट १९ दिनमै बाहिरियो एमाले

   २०८० कार्तिक १९, आईतवार  

कोशी प्रदेश सरकारमा सहभागि भएको १९ दिनपछि बाहिरिएको छ । नेकपा एमालेले भने सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिन कानुनी जटिलता देखाउँदै तत्काल फिर्ता नलिने भएको हो ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारबाट बाहिरिएपछि अब प्रतिपक्षमा बस्ने बताए । सरकारलाई दिएको समर्थनका बारेमा पछि निर्णय गर्ने उनले बताए ।

‘सरकारबाट बाहिरिएपछि हामी प्रतिपक्षमा बस्छौं’, उनले भने, ‘समयक्रमले सरकारका गतिविधिले, काम कारवाहीले समर्थनको विषय निर्धारण गर्छ ।’

मध्यावधि निर्वाचन रोक्नका लागि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै उनले सत्तारूढ गठबन्धन सहभागी भएपछि सरकारबाट एमाले बाहिरिएको बताए ।

शनिबार नेकपा एमालेका नेताहरूले समर्थन फिर्ता लिए के हुन्छ भन्ने विषयमा छलफल गरेका थिए । तत्काल केही जटिलता भएका कारण फिर्ता लिने विषयमा कानुनी परामर्श गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै