विश्वकप टि–२० का नेपाल छनौट
नेपाल बोली
१७ कार्तिक २०८०, शुक्रबार
शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकपका लागी छनौट भएको छ । नेपाल टि २० विश्वकपमा चयन भएको यो दोस्रो पटक हो । दश वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टि २० विश्वकप खेलेको थियो । त्यसपछि नेपाल लगातार अन्तिम समयमा विश्वकपमा छनोट हुनबाट वञ्चित हुँदैआएको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दस विकेटले हराएर ओमान पनि विश्वकपमा खेल्न योग्य बन्यो । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टि २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । सो प्रतियोगितामा अहिलेसम्मकै सबभन्दा बढी २० टिमको सहभागिता रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै