परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच अमेरिकामा भेटवार्ता – Nepalboli

परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच अमेरिकामा भेटवार्ता

   २०८० कार्तिक १७, शुक्रबार  

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सीईओ एच ई एलिस अल्ब्राइट सँग भेटवार्ता भएको छ। वासिङ्टन डिसीमा भएको उनीहरूको भेटवार्ता एमसीसी परियोजना समयमै कार्यान्वयन गर्नेमा केन्द्रित थियो।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार सो भेटवार्तामा एमसीसी परियोजना तोकिएको ५ वर्षभित्र पूरा गर्नेमा जोड दिइयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै