कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ। माओवादी केन्द्र कोशी प्रदेशको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो ।पार्टीका कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको बताए । मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो मनसाय छ,’ उनले भने, ‘भोलि केन्द्रले निर्देशन दिनसक्छ।’
मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिनेछन्।